२०८१ भदौ २९, शनिवार , ०३:५८:५८ बजे

Sajhamanch
'

अमेरिकाको ह्युस्टनमा नेपाली छात्राको गोली हानी हत्या

बुधवार, भदौ १२, २०८१

झापा। अमेरिकाको टेक्ससस्थित ह्युस्टन शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ ।

भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डे ह्युस्टनको हिलक्रप्ट नजिकैको अपार्टमेन्टमा गोली लागेर हत्या भएको पाइएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष द्रोण गौतमले बताएका छन् । उनका अनुसार छातीमा गोली लागेको पाइएको छ ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । मृतक एफ वान भिसामा ‘इन्टरनेसनल स्टुडेण्ट’को रुपमा सन् २०२१ मा अमेरिका आएको जानकारी प्राप्त भएको छ । उनी ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत थिइन् ।

अपार्टमेण्टका कर्मचारीहरुका अनुसार सोमबार अपराह्न अज्ञात व्यक्तिले फोन गरेर कोठाभित्र लास भएको जानकारी दिएको थियो । त्यसपछि अपार्टमेण्टका कर्मचारीले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले अपार्टमेण्टको कोठामा गोली लागेर मृत अवस्थामा रहेकी मुनालाई फेला पारेको थियो । मुनाका साथीहरुका अनुसार उनको फोन दुई दिनदेखि स्वीच्डअफ थियो । तर उनको फोन भने फेला परेको छैन ।

नेपालमा रहेका उनका परिवारका सदस्यलाई घटनाका बारेमा खबर गरिसकिएको नेपाली एसोसिएसन अफ ह्युस्टनका उपाध्यक्ष गौतमले बताएका छन् ।

हालैमात्र दीपक वलीको पनि गोलीबाट मृत्यु भएको थियो ।

सम्बन्धित खबर