२०८१ मंसिर १२, बुधवार , ०२:४२:१५ बजे

Sajhamanch
'

कोशी प्रदेशमा बैशाख यता डेंगुबाट १ हजार २ जना संक्रमित

सोमवार, भदौ १०, २०८१

विराटनगर । लामखुट्टेको टोकाइ बाट सर्ने डेंगु बाट कोशी प्रदेशमा गत बैशाख यता एक हजार दुई जना संक्रमित भएका छन् ।

कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अनुसार कोशी प्रदेशका १४ जिल्ला मध्ये सबै भन्दा बढी मोरङ्गमा ४१२ जनामा डेंगु संक्रमण भएको छ ।

त्यस्तै सुनसरीमा १९८, झापामा १४५, धनकुटामा १०१ भोजपुरमा ६६, संखुवासभामा ३६ ओखलढुंगामा ३६, इलाममा १७, उदयपुरमा १६, खोटाङ्गमा ५ पाँचथरमा ४ र तेह्रथुममा २ जनामा डेंगु संक्रमण देखिएको कोशी प्रदेश स्वाथ्य निर्देशनालय धनकुटाका अधिकृत भरत भण्डारीले जानकारी दिए।

डेंगुका कारण झापामा १ जनाको मृत्यू भएको समेत निर्देशनालेले जनाएको छ । कोशी प्रदेशको ताप्लेजुङ्ग र सुलुखुम्बुमा भने अहिले सम्म डेंगु संक्रमीत नभेटीएको जनाइएको छ ।

केहि बर्ष अघि सम्म गर्मी मौसममा तराईका क्षेत्रमा देखिने डेंगु अहिले पहाडी तथा हिमाली जिल्लाहरुमा समेत देखिन थालेको छ ।