२०८१ भदौ २९, शनिवार , ११:३३:३७ बजे

Sajhamanch
'

भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना

आइतवार, भदौ ९, २०८१

काठमाडौँ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो ।

बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटना भएको पालिका अध्यक्ष अशोककुमार जैलसवालले जानकारी दिए । दुर्घटनाको प्रारम्भिक खबर आएको बताउँदै उनले आफू पालिका कार्यालय गएपछि यसबारे विस्तृत बुझ्ने प्रस्ट पारे ।

भारतीय सञ्चारमाध्यमका अनुसार ना ७ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको हो ।

केही भारतीय सञ्चारमाध्यमले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बसको एक्सल भाँचिएर सडकमै पल्टिएको जनाएका छन् । सो दुर्घटनामा कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् ।

बसमा ४३ यात्री सवार रहेको जनाइएको छ । उनीहरु देवघरतर्फ गइरहेका थिए । घाइतेलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको र सामान्य चोट लागेका केहीलाई उपचारपछि डिस्चार्ज गरिएको जनाइएको छ ।

सम्बन्धित खबर