२०८१ माघ २९, मङ्गलवार , ११:०८:२१ बजे

Sajhamanch
'

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १५ यात्रु अचेत

शुक्रवार, भदौ ७, २०८१

काठमाडौं । तनहुँको आँबुखैरेनीमा मर्स्याङ्दी नदीमा खसेको भारतीय बसका यात्रुमध्ये १५ जना अचेतावस्थामा रहेको गृहमन्त्रालयले जनाएको छ ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भूसालले १५ जना अचेतावस्थामा रहेको जिल्लाबाट जानकारी पठाएको बताए ।

आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको बस आँबुखैरेनी ऐनापहारा भन्ने ठाउँबाट मर्स्याङ्दीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार यूपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस दुर्घटनामा परेको हो ।

बस सडकबाट मर्स्याङ्दी किनारमा कच्याकुचुक अवस्थामा देखिन्छ । दुर्घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीको गोताखोरसहितको उद्धार टोली खटिएको छ ।

सम्बन्धित खबर