२०८१ भदौ २९, शनिवार , ०३:४९:५३ बजे

Sajhamanch
'

अमेरिकामा बेपत्ता नेपाली नर्सका श्रीमान् पक्राउ

शुक्रवार, भदौ ७, २०८१

झापा। अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कबाट तीन सातादेखि हराइरहेकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेका पति नरेश भट्ट पक्राउ परेका छन्।

काफ्ले हराएको तीन सातामा पनि कुनै क्लु फेला नपारेको प्रहरीले शंकास्पद व्यक्तिका रुपमा नरेशलाई राखेको थियो । उनको घरमा खान तलासी गरेको थियो प्रहरीले भट्टलाई पक्राउ गरेपछि उनको साथमा रहेकी एक वर्षीया छोरीलाई हेरचाह गृह लगिएको छ।

ममता गत साउन १२ (जुलाई २७) देखि हराएकी थिइन्। उनी अगस्ट २ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिनका लागि स्थानीय प्रहरीलाई खबर गरेका थिए।

उनीबारे बुझ्न प्रहरी दुई दिनपछि साउन १८ मा घरमै पुगेर पति भट्टसँग सोधपुछ गरेको थियो। ममता यसअघि पनि दुई–चार दिन सम्पर्कविहीन भएर पछि फर्कने गरेकाले यो सामान्य घटना भएको भन्दै भट्टले प्रहरीलाई फर्काइदिएका थिए।

सुरुमा प्रहरीमा उजुरी दिन नचाहेका भट्ट अगस्ट ५ मा भने प्रहरी कार्यालय पुगेका थिए । उजुरीपछि प्रहरीले अनुसन्धान थालेको थियो । नेपालीका अनुसार भट्ट दुई पटक अफगानिस्तान युद्धमा सहभागी भइसकेका अमेरिकी सेनाका अवकाश प्राप्त अधिकारी हुन् ।

उनी हराएपछि नेपाली समुदायले प्रहरी कार्यालयबाहिर धर्ना पनि दिन थालेको थियो। स्थानीयको दबाबपछि उनलाई स्थानीय प्रहरीले सोधपुछ गरेको थियो।

एक वर्षीया छोरीकी आमा ममताको नेपाल घर काभ्रे रहेको खुलेको छ । उनी भर्जिनियामा रजिस्टर्ड नर्स हुन् । प्रहरीले ममतालाई सार्वजनिक स्थानमा पछिल्लो पटक जुलाई २७ मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखेको जनाएको छ ।

सम्बन्धित खबर