२०८१ माघ २३, बुधवार , १०:१७:४९ बजे

Sajhamanch
'

बेलायतमा भड्किएको हिंसाबारे गलत सूचना फैलाएको आरोपमा पाकिस्तानमा एक युवक पक्राउ

बिहिवार, भदौ ६, २०८१

झापा । पाकिस्तानको सङ्घीय अनुसन्धान प्राधिकरण ९एफआईए०ले मङ्गलवार एक युवकलाई पक्राउ गरेको छ । हालै बेलायतमा भड्किएको हिंसाबारे गलत सूचना फैलाएको भन्दै ती व्यक्ति पक्राउ परेका हुन् ।

ती व्यक्तिले आफ्नो एक्स एकाउन्टमा बेलायतको साउथपोर्टमा भएको हिंसाको भिडियोको तस्बिर शेयर गरेका थिए । गएको जुलाई २९ मा साउथपोर्टमा एक डान्स क्लासमा चक्कु प्रहारको घटनामा तीन जना बालबालिकाको मृत्यु भएको थियो भन्दै अन्य कयौँ घाइते भएका थिए ।

सो घटनामा सन्दिग्ध १७ वर्षको एक युवक समातिएको भन्दै क्याप्सन राखेर ती पुरुषले अर्को पोस्टमा एउटा लेख शेयर गरेका थिए । लेखमा सन्दिग्ध युवक बेलायतमा आश्रय खोजिरहेका मुसलमान भएको भनिएको थियो । तर त्यो दाबी गलत रहेको एफआईएले आफ्नो विज्ञप्तिमा भनेको छ । लाहोरका प्रहरीले गलत सूचना फैलाउने ती युवकको पहिचान फर्हान आसिफको रूपमा गरेको छ । सोमबार प्रहरीले आसिफसँग उक्त भ्रामक लेखबारे सोधपुछ गरेको थियो ।

यस मामिलामा आसिफले कुनै वकिल राखेका छन् कि छैनन् भन्ने स्पष्ट छैन । आसिफले गूगल एडबाट पैसा कमाउन र सो क्षेत्रका भिजिटर तान्नकै लागि अमेरिका, बेलायत र अस्ट्रेलियासँग सम्बन्धी स्टोरी मात्रै राखेर वेबसाइटमा चलाइरहेको सोधपुछको क्रममा थाहा भएको छ । यो बेबसाइटबाट उनले मासिक झन्डै हजार डलर जति कमाइरहेका थिए ।

साउथपोर्ट मामिलामा देशका कयौँ हिस्सामा हिंसा र दङ्गा भएपछि बेलायतको प्रहरीले विज्ञप्ति नै जारी गरेको थियो । विज्ञप्ति जारी हुने बित्तिकै आसिफले आफूले पोस्ट गरेको स्टोरी डिलिट गरेर तत्कालै माफीनामा जारी गरेका थिए । आसिफको मामिलालाई प्रहरीले एफआईएको जिम्मा लगाएको छ ।

सम्बन्धित खबर