२०८१ मंसिर १३, बिहिवार , ०२:५१:५८ बजे

Sajhamanch
'

इरानमा बस दुर्घटनामा परेर २८ पाकिस्तानी तीर्थयात्रीको मृत्यु

बुधवार, भदौ ५, २०८१

झापा । पाकिस्तानी तीर्थयात्रीहरू चढेको बस पल्टिँदा इरानमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । इरानको सरकारी सञ्चार माध्यमले बताएअनुसार यो घटना मंगलबार राती मध्य इरानी प्रान्त याज्दमा भएको हो । बसको ब्रेकमा समस्या आएपछि बस पल्टिएर आगो लागेको बताइएको छ ।

यस घटनामा अरू २३ जना घाइते भएका छन् । यसमा पनि सात जनाको अवस्था गम्भीर रहेको याज्द प्रान्तको सङ्कट व्यवस्थापन विभागका निर्देशकले सरकारी टिभीलाई भनेका छन् । तीर्थयात्रीहरू पाकिस्तानको सिन्ध प्रान्तबाट इरान भएर इराकको कार्बाला सहर जाँदै थिए ।

घटनाको समयमा बसमा ५३ जना सवार रहेको बताइएको छ । यस घटनामा परेर मर्नेमा ११ जना महिला र १७ जना पुरुष रहेका छन् ।

सम्बन्धित खबर