२०८१ मंसिर १२, बुधवार , ०१:४९:१३ बजे

Sajhamanch
'

संविधान संशोधन गर्दा जनताका अधिकार कटौती हुँदैन : उपप्रधानमन्त्री सिंह

सोमवार, भदौ ३, २०८१

काठमाडौं । उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधान संशोधन गर्दा जनताका अधिकार कटौती नहुने बताएका छन्।

गत असार १७ गते कांग्रेस-एमालेबीच संविधान संशोधनलगायत ७ बुँदे सहमति भएको थियो। त्यसतर्फ लक्षित गर्दै कतिपयले कांग्रेस-एमालेले सत्तामा पुगेर जनताका अधिकार कटौती गर्न खोजेको अभिव्यक्ति दिएकोले त्यसमा सत्यता नभएको सिंहले बताए।

‘कांग्रेस र एमालेले जनताको अधिकारका लागि लडेर आएका हुन्,’ श्री नेवाः सम्पर्क समूह रामेछापले काठमाडौंमा सोमबार गरेको कार्यक्रममा सिंहले भने, ‘जनताका अधिकार खोस्ने काम भइरहेको प्रचारमा सत्यता छैन। कांग्रेस र एमालेले जनताको अधिकार दिलाएको हो।’

उनले राजनीतिक स्थायित्वका लागि संसदका दुई ठूला दल मिलेर सरकार बनाएको पनि बताए। सरकारले जनअपेक्षाअनुसार काम गर्ने पनि उनको भनाइ छ।

सम्बन्धित खबर