२०८१ मंसिर १५, शनिवार , ०७:२८:०४ बजे

Sajhamanch
'

रुसमा शक्तिशाली भूकम्पसहित ज्वालामुखी विस्फोट, तटीय क्षेत्रमा सुनामीको चेतावनी

आइतवार, भदौ २, २०८१

झापा । रुसमा सात म्याग्निच्युडको शक्तिशाली भूकम्पसँगै ज्वालामुखी विस्फोट भएको छ । कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट झन्डै ९० किलोमिटर पूर्व समुद्री तटमा सात म्याग्निच्युडको भूकम्प गएको रुसी अधिकारीलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले जनाएको छ ।

पेट्रोपावलोव्स्क–कामचत्स्की तटीय शहर हो । त्यहाँ झन्डै १ लाख ८१ हजार जनसङ्ख्या छ । रुसी आपतकालिन मन्त्रालयले त्यो सहरमा सुनामीको चेतावनी जारी गरेको छ ।

भूकम्पबाट ठूलो क्षती नभएको तर विवरण सङ्कलन गर्ने काम भइरहेको समाचारसंस्था तासले जनाएको छ । ज्वालामुखीबाट निस्किएको खरानी समुद्री सतहबाट झन्डै आठ किलोमिटर माथिसम्म फैलिएको र त्यहाँबाट लावा पनि बाहिरिएको समाचारसंस्था सीएनएनले जनाएको छ ।