झापा। बंगलादेशमा हिन्दूहरुमाथि शेख हसिनाको बहिर्गनमसँगै बढेको हिंसा अझै रोकिएको छैन । बंगलादेशी अखबार डेली स्टारका अनुसार हालसालै ठाकुरगाउँमा हिन्दू घरमा आगजनी गरिएको छ ।
यो घटना हिजो राती भएको बताइएको छ । बंगलादेशका हिन्दू कालेश्वर बर्मानको घरमा आगजनी गरिएको हो । राती साढे सात बजे यस्तो घटना भएको डेली स्टारले उल्लेख गरेको छ ।
स्थानीय प्रहरी अधिकारीलाई उदृत गर्दै डेली स्टारले अनुसन्धान भइरहेको तर अहिलेसम्म कोही पक्राउ नपरेको बताएको छ । मंगलबार राति भन्दा अगाडि पनि यस्ता घटनाहरु सोही क्षेत्रमा घटेको डेली स्टारले जानकारी दिएको छ ।