२०८१ मंसिर ८, शनिवार , ०७:२०:५२ बजे

Sajhamanch
'

त्रिविद्वारा तीन महिनामै ३ लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन

आइतवार, साउन २७, २०८१

काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले तीन महिनाको अवधिमा तीन लाख ९२ हजार विद्यार्थीको नतिजा प्रकाशन गरेको छ । लामो समयदेखि रोकिएका परीक्षाको नतिजा धमाधम सार्वजनिक हुन थालेको हो । गत जेठ हालसम्म २५ विषयको तीन लाख ९२ हजार विद्यार्थीको नतिजा सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले कोरोना महामारीपछि रोकिएका नतिजाहरू धमाधम सार्वजनिक गर्न लागिएको बताए । पनिकाले साउन २ गतेदेखि ९ गतेसम्म भएको स्नातकोत्तर तह प्रथम वर्षको ६ वटा विषयको नतिजा सार्वजनिक गरिसकेको छ ।

ती विषयको नतिजा साउन १३ गतेभित्र नै सार्वजनिक गरिसकेको थियो । स्नातकोत्तर तह प्रथम वर्ष पोलिटिकल साइन्सको नतिजा त परीक्षा भएको ११ दिनमै सार्वजनिक गरेको थियो ।

एमए प्रथम वर्ष (पार्सियल)को नतिजा भने परीक्षा सकिएको ४ दिनमै सार्वजनिक गरेको थियो । अबदेखि परीक्षा सकिएको १०० दिनभित्रमा नतिजा सार्वजनिक गर्नेगरी पनिकाले काम गर्दै आएको छ ।

त्यसका लागि कर्मचारीलाई दैनिक १२ घण्टा काममा लगाउनेदेखि क्षेत्रीय कार्यालयहरूबाटै कापी परीक्षण लगायतको काम गर्न थालेको जोशीले बताए ।

सम्बन्धित खबर