२०८१ माघ २९, मङ्गलवार , ०३:३२:१३ बजे

Sajhamanch
'

अमेरिकामा भवनमा ठोक्किएर मर्छन् प्रत्येक वर्ष एक अर्बभन्दा धेरै चरा : अध्ययन

आइतवार, साउन २७, २०८१

झापा । अमेरिकामा भवनमा ठोक्किएका कारण प्रत्येक वर्ष एक अर्बभन्दा धेरै चरा मर्ने गरेका एक अध्ययनले देखाएको छ । कतिपय चरा भवनमा ठोक्किनसाथ मर्ने गरेका र बेहोस भएका तथा घाइते भएकामध्ये पनि धेरैजसो मर्ने गरेका अध्ययन प्रतिवेदनलाई उल्लेख गर्दै वाशिङ्गटन पोस्टले जनाएको छ ।

अमेरिकामा जङ्गली चराको लागि प्रमुख खतरामध्ये भवनमा ठोक्किनु एक रहेको छ । यहि हप्ता ‘प्लोस वन जर्नल’मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार अन्वेषकले भवनमा ठोक्किका चरालाई वन्यजन्तु पुनर्वास केन्द्रमा लगेका थिए ।

सन् २०१६ र सन् २०२१ को बीचमा भएका घटना अध्ययन गर्ने अन्वेषकले भवनमा ठोक्किएर घाइते भएका १५२ प्रजातिका ३ हजार १०० भन्दा बढी चरालाई पुनर्वास केन्द्रमा लगेकामा ६० प्रतिशतभन्दा बढी मरेका प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा अनुसन्धानकर्ताले कीराको अत्यधिक फैलावट नियन्त्रण गर्नेदेखि बीउ फैलाउन मद्दत गर्ने चराको सुरक्षाका लागि भवन चरामैत्री हुनुपर्ने उल्लेख गरेका छन् ।

सम्बन्धित खबर