२०८१ असोज २, बुधवार , ०१:४३:१६ बजे

Sajhamanch
'

कोरियन भाषा परीक्षा उत्तीर्ण ४१ हजार कामदारसँग करार गरिँदै

शुक्रवार, साउन २५, २०८१

काठमाडौं । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) को तेस्रो त्रैमासिक कोटाअन्तर्गत दक्षिण कोरियासँग ४१ हजार कामदारको करार गर्न लागेको छ। कोरियन भाषा परीक्षा उत्तीर्ण गरेर बसेका ४० हजार ९८८ जना कामदारसँग भदौ दोस्रो सातादेखि करार सुरु हुने शाखाले जनाएको छ।

करार गर्न लागिएका कामदार गत चैतदेखि भएको कोरियन भाषा परीक्षा उत्तीर्ण गरेका हुन्। सोहीअनुसार नेपालले ईपीएसमार्फत ४१ हजार कामदारलाई दक्षिण कोरिया पठाउने गरी करार गर्न लागेको वैदेशिक रोजगार विभाग ईपीएस शाखाकी निर्देशक मैया कँडेलले जानकारी दिए।

गरिएका कामदारको छिनोट प्रक्रिया भदौ १७ गतेबाट सुरु हुन्छ। उनले कोरियाको एचआरडीले रोस्टरमा नाम चढाएकामध्ये तेस्रो त्रैमासिकमा रोजगारदाताले माग गरेका कामदारसँग करार सुरु गरिने बताइन्।

कोरियाले कोरियन भाषा उत्तीर्ण गरेर बसेका २५ हजार १६८ जना उत्पादन क्षेत्रमा, सिप बिल्डिङका लागि १ हजार ६२५, कृषि तथा पशुपालनका लागि ४ हजार ५५९, सेवा क्षेत्रका लागि ५ हजार ५८, निर्माण क्षेत्रका लागि १ हजार ७६८ र माछापालनकाका लागि २ हजार ८१० जना कामदारसँग करार गर्न लागेको शाखाले जनाएको छ।

नेपालबाट हाल कोरिया जाने प्रक्रिया पूरा गरेका ९ हजारभन्दा बढी युवा प्रतीक्षा सूचीमा रहेको शाखाले जनाएको छ। कोरियाले विगतमा करिब १ लाख विदेशी श्रमिक माग गर्दै आएको थियो। २०२४ मा भने १६ वटा स्रोत मुलुकबाट १ लाख ७० हजारभन्दा बढी श्रमिक विदेशी कामदारको माग गरेको छ।

कोरियाले १६ देशबाट ईपीएसमार्फत कामदार लैजाने गरेको छ। कोरियाले ईपीएस भाषा परीक्षामा धेरै आवेदन पर्न थालेपछि सन् २०२५ देखि कोरिया भाषाको परीक्षा एक पटक मात्र खुलाउने भएको छ। हाल कोरियामा १ लाख १० हजारभन्दा बढी नेपाली कार्यरत रहेको शाखाले जनाएको छ।

सम्बन्धित खबर