२०८१ मंसिर ११, मङ्गलवार , ०४:४९:०६ बजे

Sajhamanch
'

युक्रेनको आक्रमणपछि रुसको कुर्स्क क्षेत्रमा आपत्काल घोषणा

बिहिवार, साउन २४, २०८१

झापा । युक्रेनको आक्रमणपछि रुसले कुर्स्क क्षेत्रमा आपत्काल घोषणा गरेको छ । हिजोदेखि युक्रेनी सेनाले गरिरहेको दुलर्भ सीमापार आक्रमण जारी रहेपछि रुसले आपत्कालको घोषणा गरेको हो ।

रुसी अधिकारीहरूले आक्रमण शुरू भएदेखि कम्तीमा पाँच जनाको ज्यान गएको र ३१ जना घाइते भएको बताएका छन् जसमध्ये ६ जना बालबालिका छन् ।

युक्रेन अहिलेसम्म आफ्नै क्षेत्रमा रक्षात्मक रहेकोमा हिजोदेखि रुसको भूमिमा आक्रमण गर्नुलाई निकै महत्त्वका साथ हेरिएको छ । कुर्स्कका कार्यवाहक क्षेत्रीय गभर्नर अलेक्सी स्मिर्नोभले शत्रुसँगको लडाइँका लागि नागरिकलाई घरबाहिर निस्कन रोकिएको र आपत्कालको घोषणा गरिएको बताएको बीबीसीले जनाएको छ । युक्रेनले आधिकारिक रूपमा कुनै टिप्पणी गरेको छैन ।

युक्रेनलाई जवाफ दिने भन्दै रुसले एक हजार जना सैनिक, ११ वटा ट्याङ्क र २० वटाभन्दा धेरै बख्तरबन्द गाडी कुर्स्क क्षेत्रमा खटाएको छ ।

सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमा आक्रमण थालेपछि रुसी भू–भागमा युक्रेनी आक्रमण अत्यन्तै दुर्लभ हुने गरेको छ । हिजो बेलुका नै युक्रेनी सांसद ओलेक्सी होन्चारेन्कोले युक्रेनी सेनाले सुडजा ग्यास हबमाथि नियन्त्रण कायम गरेको बताएका छन् । यो ग्यास हब युक्रेन हुँदै रुसबाट ईयूमा प्राकृतिक ग्यासको निर्यातमा प्रयोग हुन्छ जुन युद्धको बाबजुद पनि जारी छ ।

सम्बन्धित खबर