झापा । फ्रान्समा जारी ओलम्पिक २०२४ अन्तर्गत १०औं दिन सकिँदा चीन पुनः शीर्ष स्थानमा उक्लिएको छ। नवौं दिन दोस्रो स्थानमा झरेको चीन अमेरिकालाई पछि जार्दै शीर्ष स्थानमा उक्लिएको हो।
एसियाली देश चीनले अहिलेसम्म २१ स्वर्ण १८ रजत र १४ कांस्यसहित कुल ५३ पदक जितेको छ। उसले दशौं दिन थप २ स्वर्ण जितेको छ। दोस्रो स्थानमा झरेको अमेरिकाले अहिले सम्म ७८ पदक जितेको छ। अमेरिकाको नाममा २० स्वर्ण, ३० रजत र २८ कांस्य पदक छ।
अस्ट्रेलिया एक स्थान सुधार गर्दै तेस्रो स्थानमा उक्लिएको छ। उसले अहिलेसम्म १३ स्वर्ण ११ रजत र ८ कांस्यसहित कुल ३२ पदक जितेको छ। एक स्थान तल झर्दै चौथो स्थानमा पुगेको आयोजक फ्रान्सले १२ स्वर्णसहित कुल ३२ पदक हात पारेको छ। दक्षिण कोरिया , जापान र इटाली क्रमसः छैटौं, सातौ र आठौं स्थानमा छन्।
पेरिस ओलम्पिक २०२४ अन्तर्गत १० औं दिनको समाप्तिसम्म सहभागी २०६ मध्ये ४५ देशले कम्तिमा १ स्वर्ण पदक जितेका छन् भने ७३ देशले पदकको खाता खोलेका छन्। ३३औं संस्करणको ग्रिस्मकालीन ओलम्पिक अन्तर्गत आज थप १९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने छ।