२०८१ असोज २, बुधवार , ०७:३६:५४ बजे

Sajhamanch
'

वैदेशिक रोजगारी : एक वर्षमा साढे ७ हजार बढी नेपाली ठगिए

सोमवार, साउन २१, २०८१

झापा । वैदेशिक रोजगारीमा नाममा एक वर्षमा साढे ७ हजारभन्दा बढी नेपाली ठगिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा सात हजार ७६३ व्यक्तिले ठगिएको भन्दै उजुरी हालेका छन् । ती मध्ये ३ हजार ८३७ उजुरी फर्छ्यौट भएका छन् ।

ठगीमा उजुरीमा ३० करोड ९३ लाख ८९ हजार ५१२ रुपैयाँ बराबरको क्षतिपूर्ति माग गरिएको छ । उद्धार, राहत तथा समन्वय शाखामा १ हजार ४४२ उजुरी परेका छन् । ती मध्ये १७३ जनाको उद्धार गरिएको छ । त्यस्तै २ हजार ४४४ जनालाई क्षतिपूर्ति उपलब्ध गराइएको छ ।

त्यस्तै मुद्दा तथा अनुसन्धान शाखामा २ हजार ९१६ उजुरी परेका छन् । ती मध्ये ४५५ उजुरीमा मिलापत्र गराइएको छ । भने ३९० मुद्दा अदालतमा पठाइएको छ ।

त्यस्तै प्रहरी शाखामा सबैभन्दा बढी ३ हजार ४०५ उजुरी परेका छन् । ती मध्ये ८६ को मात्रै मिलापत्र गराइएको छ । भने प्रहरीकहाँ परेका उजुरीमध्ये २ हजार २१७ उजुरी फर्छ्यौट भएका छन् ।

सम्बन्धित खबर