२०८१ माघ ३, बिहिवार , ०३:४९:५२ बजे

Sajhamanch
'

केरलामा बाढीपहिरो : अहिलेसम्म २७६ को मृत्यु

शुक्रवार, साउन १८, २०८१

झापा । भारतको केरला राज्यको वायनाडमा पहिरोमा परेर मर्नेको सङ्ख्या बढेर २७६ पुगेको भन्दै अमर उजालाले समाचार छापेको छ । अरू २५० जना जति बेपत्ता रहेको बताइएको छ ।

राहत र उद्धार कर्मीहरूले पहिरोबाट जीवित र मृतकहरू खोज्ने काममा खटिएका छन् । दिनहरू बित्दै जाँदा पहिरोमा पुरिएकाहरू जीवित भेटिने सम्भावना पनि घट्दै गइरहेको छ । यस्तोमा मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ । आधिकारिक रूपमा भने अहिलेसम्म १७७ जना मरेको मात्रै पुष्टि भएको छ ।

केरला मुख्यमन्त्री पिनाराई विजयनले पहिरो पीडितका लागि राहत कोषको घोषणा गरेका छन् । सर्वसाधारणको साथसाथै दक्षिण भारतीय कलाकारहरूले पनि यो कोषमा पहिरो पीडितका लागि दान दिइरहेका छन् । अभिनेत्री रश्मिका मन्दनाले यो कोषमा १० लाख भारु दान गरेकी छिन् ।

मलयालम अभिनेता फहद फाजिल र उनको पत्नी नाजरिया नाजिमले पीडितका नाममा राहत कोषमा २५ लाख भारु दान गरेका छन् ।

सम्बन्धित खबर