२०८१ असोज २, बुधवार , ०३:४९:४० बजे

Sajhamanch
'

लेबनानमा रहेका नेपालीलाई सतर्कता अपनाउन दूतावासको आग्रह

बिहिवार, साउन १७, २०८१

काठमाडौं । लेबनानमा रहेका नेपालीलाई आवश्यक सचेतना तथा सतर्कता अपनाउन नेपाली दूतावासले आग्रह गरेको छ । लेबनानसमेत हेर्ने इजिप्टको कायरोमा रहेको नेपाली दूतावासले लेबनानको विकसित घटनाका कारण सतर्कता अपनाउन भनेको हो ।

लेबनानमा रहेका नेपालीलाई सहायताका निम्ति नेपाली दूतावास कायरो र बेरुतमा रहेको अवैतनिक नेपाली वाणिज्य दूतावासमा सम्पर्क गर्न पनि दूतावासले अनुरोध गरेको छ । लेबनानमा रहेका नेपालीको सूची अद्यावधिक गर्ने प्रयोजनका निम्ति दूतावासको वेबसाइटमा रहेको लिङ्क मार्फत आवश्यक विवरण उपलब्ध गराइदिन पनि आग्रह गरिएको छ ।

लेबनानमा पछिल्लो समय इजरायलको आक्रमणमा हिजबुल्लाहका कमान्डर फुआद शुक्र मारिएपछि तनाव बढेको छ ।

हेर्नुहोस् दूतावासको सूचना:

लेबनानमा विकसित घटनाक्रमका सन्दर्भमा उक्त मुलुकमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई आवश्यक सतर्कता तथा सचेतना अपनाउन एवम् सहायताका लागि नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहाय अनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ ।

कायरो
इमेलः [email protected]
सम्पर्क व्यक्तिः दीपक घिमिरे, द्वितीय सचिव फोन नं.
+201097772348 (WhatsApp)
माधवराज काफ्ले, तृतीय सचिव फोन नं.
+201002505997 (WhatsApp)

बेरुत
इमेलः [email protected]
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत फोन नं.
+9613301181/+96171688821/+96181883713

साथै, लेबनानमा रहेका नेपालीहरुको सूची अद्यावधिक तुल्याउने प्रयोजनका लागि दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराइदिनुहुन लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ ।

सम्बन्धित खबर