२०८१ माघ ३, बिहिवार , ०९:४२:२९ बजे

Sajhamanch
'

भारतको हिमाचल प्रदेशमा अति ठूलो वर्षा हुँदा ५० जनाभन्दा धेरै बेपत्ता

बिहिवार, साउन १७, २०८१

झापा । भारतको हिमाचल प्रदेशको रामपुर र मन्डी नजिक अति ठूलो वर्षा हुँदा ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका छन् । ‘क्लाउडबस्र्ट’ अर्थात् अचानक स्थानीय प्रकृति र छोटो अवधिको अति ठूलो वर्षाका कारण ५० जनाभन्दा धेरै व्यक्ति बेपत्ता भएका बीबीसी हिन्दीले जनाएको छ ।

यस्तै शिमलाको सरपारा पञ्चायतको समेज र मन्डीको टिकन क्षेत्रमा पनि अति ठूलो वर्षा भएको खबरमा उल्लेख छ । यसैबीच हिमाचल प्रदेशका मुख्यमन्त्री सुखविन्दर सिंह सुक्खूले एनडीआरएफ, एसडीआरएफ, प्रहरीलगातयको टोली खोजी र उद्धार कार्यमा जुटेको जानकारी दिए।

यस्तै अति ठूलो वर्षाका कारण कुल्लूको निर्मन्ड सबडिभिजनमा चार वटा मोटरेबल पुल भत्किएको छ । यो घटनालाई लिएर मुख्यमन्त्री सुक्खूले आपत्कालीन बैठक बोलाएको बीबीसी हिन्दीले जनाएको छ ।

सम्बन्धित खबर