२०८१ माघ ३, बिहिवार , ०६:०३:०९ बजे

Sajhamanch
'

भारी वर्षाका कारण दिल्लीमा दुई जनाको मृत्यु

बिहिवार, साउन १७, २०८१

झापा । भारतको राजधानी दिल्लीमा भारी वर्षाका कारण बुधबार राति दुई जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले यसबारे समाचार छापेको छ ।

‘आज दिल्ली र उत्तर प्रदेशको खोडा कोलोनीको सिमानामा डीडीएले बनाइरहेको नालीमा खसेर एक जना महिला र उनकी साढे दुई वर्षकी छोरीको मृत्यु भएको छ ।’ आम आदमी पार्टी (आप)का विधायक कुलदीप कुमारले पनि माइक्रोब्लगिङ वेबसाइट एक्सको एउटा पोस्टमा लेखेका छन् ।

बिहीबार पनि भारी वर्षा हुने पूर्वानुमान मौसम विभागले गरेकोले स्कुलहरू बन्द गर्न आदेश दिइएको छ । दिल्लीमा बुधबार साँझदेखि भारी वर्षा भइरहेको छ । बिहीबार पनि भारी वर्षा हुने सम्भावनालाई विचार गरेर दिल्लीमा सरकारी र निजी क्षेत्रका सबै विद्यालयलाई अगस्ट १ मा बन्द गरिनेछ ।’ दिल्ली सरकारकी शिक्षामन्त्री आतिशीले सामाजिक सञ्जालमा लेखेकी छिन् ।

केही दिन अघि मात्रै दिल्लीको राजेन्द्र नगर क्षेत्रमा एउटा कोचिङ सेन्टरको बेसमेन्ट रहेको पुस्तकालयमा सडकको पानी भरिएर सोही सेन्टरमा निजामती सेवाको तयारी गरिरहेका तीन विद्यार्थीको मृत्यु भएको थियो । सो घटनाको विरोधमा विद्यार्थीहरूले व्यापक विरोध प्रदर्शन गरिरहेका छन् । यस विषयमा बुधबार विद्यार्थीहरूले आतिशीसँग भेटघाट पनि गरेका थिए ।

सम्बन्धित खबर