झापा । केरलाको वायनाडमा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या २५० पुगेको छ । १३० जना मानिस अस्पतालमा उपचाररत छन्। पहिरोमा अझै २४० भन्दा बढी मानिस बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ।
सोमबार राती २ र ४ बजे मुण्डक्काई, चुरलमाला, अट्टामाला र नूलपुजा गाउँमा पहिरो खसेको हो । पहिरोले घर, पुल, सडक र सवारी साधनहरू बगेका छन् ।
सेना, वायुसेना, एनडीआरएफ, एसडीआरएफ, पुलिस र डग स्क्वाडको टोली उद्धारमा संलग्न छन्। राति अबेरसम्म १ हजारको उद्धार, ३ हजारलाई राहत शिविरमा पठाइएको छ ।
वायनाड बाहेक, मौसम विभागले मलाप्पुरम, कोझिकोड, कन्नूर र कासारगोड जिल्लाहरूमा भारी वर्षाको चेतावनी जारी गरेको छ। जसका कारण उद्धार कार्यमा समस्या आउन सक्छ ।
गृहमन्त्री अमित शाहले बुधबार संसदमा केरला सरकारलाई २३-२४ जुलाईमा नै सतर्क गराइएको र सरकारले समयमै जनतालाई हटाएको भए यति धेरै नोक्सान नहुने बताएका थिए। एजेन्सी