२०८१ मंसिर १०, सोमवार , ०६:०४:५३ बजे

Sajhamanch
'

लेबनानमा रहेका आफ्ना नागरिकलाई सचेत हुन भारतीय दूतावासको आग्रह

बिहिवार, साउन १७, २०८१

झापा । लेबनानमा रहेको भारतीय दूतावासले त्यहाँ रहेका भारतीय नागरिकलाई सचेत रहन आग्रह गरेको छ ।

इजरायलले लेबनानको राजधानी बेरुतमा हिजबुल्लाह कमाण्डर र इरानको तेहरानमा हमासका शीर्ष नेताको हत्या गरेको खबर आएसँगै भारतीय दूतावासले आफ्ना नागरिकलाई सावधानी अपनाएर सुरक्षित तवरले बस्न सचेत गराएको हो ।

मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अनुमान गरिएकोले लेबनानको भारतीय दूतावासले बढ्दो तनावलाई ध्यानमा राख्दै आवश्यक बाहेक लेबनान यात्रा नगर्न पनि आफ्ना नागरिकलाई आग्रह गरेको छ ।

लेबनानमा रहेका भारतीयहरूलाई सावधानी अपनाउन, अनावश्यक आवतजावत नगर्न र भारतीय दूतावाससँग सम्पर्कमा रहन सल्लाह दिइएको छ ।

सम्बन्धित खबर