२०८१ माघ ३, बिहिवार , १२:४४:४५ बजे

Sajhamanch
'

केरलामा बाढीपहिरो : मृतकको सङ्ख्या १५६ पुग्यो, १०० जना बेपत्ता

बुधवार, साउन १६, २०८१

झापा । भारतको केरला राज्यको वायनाड जिल्लामा मङ्गलवार मध्यराति आएको पहिरोले हाहाकार मच्चाएको छ । सारा गाउँ सुतेको समयमा झन्डै २२ हजार जनसङ्ख्या भएको ४ ओटा गाउँ ४ घण्टामै ध्वस्त भयो । घरहरू पुरिए, सयौँ मानिस पहिरोमा बेपत्ता भए । अहिलेसम्म पहिरो खोस्रिएर १५६ जनाको शव बाहिर निकालिएको छ ।

१०० जना अझै बेपत्ता भएको बताइएको छ । केही शव नदीमा बगिरहेको देखिएको भन्दै समाचारहरू आएका छन् । वर्षा जारी रहँदा राहत र उद्धार कार्यमा समस्या आइरहेको छ । १ बजेदेखि ५ बजेसम्म चार घण्टाको बिचमा तीन ठाउँबाट पहिरो खसेको थियो ।

मौसम विभागले वायनाडसमेत आसपासको जिल्लामा वर्षासम्बन्धी रेड अलर्ट जारी गरेको छ । जसका कारण हेलिकप्टर उड्न पाइरहेको छैन । जमिनबाटै पहिरो खनेर शव निकाल्ने काम भइरहेको छ ।

सम्बन्धित खबर