
झापा । अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको पाइएको छ । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ मा कोभिडका कारण अष्ट्रेलियामा अनुमान गरिएको भन्दा पाँच प्रतिशत बढी मानिसको ज्यान गएको पत्ता लागेको हो ।
अनुसन्धानबाट विज्ञहरूले कोभिडको कारणले ज्यान गुमाउने व्यक्तिहरूको सङ्ख्या मापन गरी अतिरिक्त मृत्युदर अझै महामारीपूर्वको स्तरभन्दा बढी रहेको जनाएका हुन् ।
उनीहरूले कोभिडको प्रभाव आउँदो वर्षहरुमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कोभिडको नियमित उपचार तथा नियन्त्रण नगरिएकोले उच्च मृत्यु दरको सामना गर्नुपरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।