२०८१ माघ ३, बिहिवार , ०४:१६:३० बजे

Sajhamanch
'

लिबियामा ११ हजार जनाको ज्यान जाने गरी बाँध भत्किएको विषयमा १२ जनालाई जेल सजायको फैसला

सोमवार, साउन १४, २०८१

झापा । लिबियाको एक अदालतले गएको वर्ष डर्ना बाँध भत्किएको मुद्दामा १२ जनालाई जेल सजायको फैसला गरेको छ । गलत डिजाइन गर्ने, कमजोर निर्माण सामग्रीको प्रयोग गर्ने र कमजोर व्यवस्थापनकै कारण क्षति भएको भन्दै अदालतले सरकारी अधिकारी र निर्माण कम्पनीका गरी १२ जनालाई जेल सजायको फैसला गरेको समाचार संस्था रोयटर्सले जनाएको छ । उनीहरूलाई न्यूनतम ९ देखि अधिकतम २७ वर्षसम्मको जेल सजाय तोकिएको छ ।

गएको वर्षको सेप्टेम्बरमा आएको ड्यानियल आँधीका कारण डर्ना बाँध भत्किँदा ११ हजार ३०० जनाको ज्यान गएको छ । १० हजार जनाभन्दा धेरै बेपत्ता भएका छन् । यो बाँध फुट्दा सुडान र इजिप्टमा पनि सयौँ जनाको ज्यान गएको थियो ।

विश्व बैंक, संयुक्त राष्ट्रसङ्घ र युरोपेली सङ्घले गएको जनवरीमा जारी गरेको एक प्रतिवेदनले डर्ना बाँधबाट भएको क्षति पुनर्निर्माण गर्न झन्डै २ अर्ब डलर आवश्यक रहेको बताएको थियो । रिपोर्टले बाँध भत्किनुमा डिजाइन प्रमुख कारण रहेको र लिबियामा भइरहेको द्वन्द्वका कारण उपयुक्त मर्मत पनि हुन नसक्दा घटना भएको पनि जनाएको छ ।

सम्बन्धित खबर