२०८१ माघ ३, बिहिवार , ०२:४१:४६ बजे

Sajhamanch
'

१० वर्षमा ६५ प्रतिशतले बढ्यो भारतमा बाघको जनसङ्ख्या

सोमवार, साउन १४, २०८१

झापा। भारतमा बाघको सङ्ख्यामा तीव्र वृद्धि भएको छ । सन् २०१४ देखि सन् २०२४ को बिचमा त्यहाँ बाघको सङ्ख्या ६५ प्रतिशतले बढेको छ ।

सन् २०१४ मा देशभरमा कूल बाघको सङ्ख्या २ हजार २२६ थियो । यो अहिले बढेर ३ हजार ६८२ मा पुगेको छ ।

भारतमा सन् १९७३ मा सरकारले पहिलोपटक टाइगर रिजर्भ बनाउने घोषणा गरेको थियो । सुरुवाती चरणमा देशभरमा नौ वटा टाइगर रिजर्भ बनाइएको थियो ।

हालै गरिएको घोषणापछि यो सङ्ख्या बढेर ५४ वटा पुगेको छ । भारतको केन्द्र सरकारले सन् १९७३ मा बाघ परियोजना सुरु गरेको थियो ।

सन् २००६ मा सरकारले वन्यजन्तु संरक्षण ऐनमा ठुलो हेरफेर गरेको थियो । त्यसयता बाघ संरक्षणमा बृहत् स्तरमा काम भइरहेको छ ।

सम्बन्धित खबर