२०८१ पौष ८, सोमवार , १२:१९:२१ बजे

Sajhamanch
'

नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक हो : प्रधानमन्त्री

शनिवार, साउन १२, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल साहित्यकारहरूको गन्तव्य मुलुक भएको बताएका छन् ।

लेखक, कवि एवं साहित्यकार नेत्रप्रसाद गौतमद्वारा लिखित तीनवटा कृतिको एकसाथ विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले साहित्यकार गौतमका ‘मेरो इतिवृति’, ‘नेत्रसरका तीन खण्डकाव्य’ र ‘भूत पिसाच’ नामक कृति विमोचन गरे ।

‘राज्यले कला, संस्कृति र साहित्य क्षेत्रबाट समाज निर्माण गर्न लागिपरेका व्यक्तिहरूलाई उचित सम्मान र संरक्षण गर्नुपर्छ’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ।

नेपालमा महाकवि लक्ष्मीप्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्य लगायत साहित्यकार जन्मिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले उहाँहरूको विरासत नयाँ पुस्ताका साहित्यकारहरूले सम्हाल्नुपर्ने बताए ।

साहित्यकार गौतमका शनिबार सार्वजनिक तीनवटै कृतिहरुभित्र ६ वटा विभिन्न क्षेत्रसँग सम्बन्धित विषयहरू समावेश गरिएको छ ।

सम्बन्धित खबर