२०८१ कार्तिक २, शुक्रवार , ०३:५१:४६ बजे

Sajhamanch
'

विमान दुर्घटनामा ज्यान गुमाएको शव आफन्तलाई जिम्मा लगाउन सुरु, बिमाको विवाद टुङ्गिएन

शुक्रवार, साउन ११, २०८१

काठमाडौँ । सौर्य एयरलाइन्स दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आफन्तलाई जिम्मा लगाउन सुरु भएको छ ।

त्रिवि शिक्षण अस्पतालले ‘डिजास्टर भिक्टिम आइडेन्टिफिकेसन प्रणाली’बाट सबैको पोस्टमार्टम रिपोर्ट सम्पन्न गरेपनि केही आफन्तबाहेक अरूले शव बुझिसकेका छैनन् । केही आफन्तले बिमालगायतको विषय नटुंगिएसम्म शव जिम्मा नलिने अडान लिएका हुन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे नजिकै सौर्य एयरको ९–एनए एमई विमान दुर्घटनामा हुँदा १८ जनाको मृत्यु भएको थियो । सोही दिन उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको थियो ।

शवको त्रिवि शिक्षण अस्पताल फोरेन्सिक विभागका प्रमुख डा. गोपालप्रसाद चौधरीसहितको २५ जना टोलीले पोस्टमार्टम गरेको हो ।

सम्बन्धित खबर