२०८२ पौष १ मङ्गलवार , ०३:०३:५३ बजे

Sajhamanch
'

घुरेर हेरेको भन्दै श्रीमतीको हत्या, पुलिससामु आत्मसमर्पण

बुधवार, साउन ९, २०८१

छिमेकी मुलुक भारतमा आफ्नै पत्नीको हत्या गर्ने एक ३८ वर्षीय पुरुषले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।उत्तर प्रदेशको जहाँगिरवादका सचिन वाल्मीकिले आफ्नी पत्नी मन्जु देवीको हत्या गरेको भन्दै  प्रहरीमा आत्मसमर्पण गरे ।नगर निगममा करार सेवामा सफाइ कर्मचारीको रुपमा कार्यरत रहेको उक्त दम्पत्तिको बीचमा गत हप्ता विवाद चर्किएको थियो ।

आफू कामबाट घर फर्किएसँगै पत्नी मन्जुदेवीले विनाकारण आफूलाई घुरेर हेरेको र सोही कुरामा विवाद उत्पन्न हुँदा आफूले पत्नीको हत्या गरेको सचिनले प्रहरी समक्ष बताएका छन् ।आफ्नी पत्नीको विवाहेत्तर सम्बन्ध रहेको शंकासमेत आफूलाई रहेको उनको भनाइ छ । उक्त दम्पत्तिका तीन सन्तान छन् ।प्रहरीले उनीविरुद्ध अभियोग दायर गरेको छ र हिरासतमा पठाएको छ । घटनाको अनुसन्धान चलिरहेको बताइएको छ । एजेन्सी

सम्बन्धित खबर