२०८२ साउन २९, बिहिवार , ११:५६:५९ बजे

Sajhamanch
'

मनसुनजन्य विपद्‌का कारण आजसम्म १३१ जनाको मृत्यु

सोमवार, साउन ७, २०८१

काठमाडौँ । बाढी, पहिरोलगायतका मनसुनजन्य विपद्‌मा परी आज सोमबार दिउँसोसम्म मुलुकभर १३१ जनाको मृत्यु भएको छ ।

विपद्‌मा परी काठमाडौँ उपत्यकामा दुई जना, कोशीमा २२, मधेसमा पाँच, बागमतीमा २५, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिम प्रदेशमा नौ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

विपद्‌मा परी १४४ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । कोसीमा ४९, गण्डकीमा १२ र सुदूरपश्चिममा प्रदेशमा पाँच गरी जम्मा ६६ जनाको उद्धार गरिएको छ ।

बाढी पहिरामा परी कोसी र बागमतीमा दुई/दुई तथा मधेस, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक/एक गरी नौ जना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य जारी छ ।

बाढीका कारण १८२ घर डुबानमा परेका छन् ।२३१ वटा घर, ८४ वटा गोठ, ४३ वटा पुल, दुई वटा विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

५९४ वटा पशु चौपाया मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट चार हजार चार घर परिवार विस्थापित भएका छन् ।

सम्बन्धित खबर