२०८१ पौष २६, शुक्रवार , ०४:२०:४३ बजे

Sajhamanch
'

रिजेन्सी हस्पिटालिटीले सुरु गर्यो ‘डीएचएम’ कक्षा

बुधवार, असार २६, २०८१

बिर्तामोड । स्वदेश तथा विदेशका तारे होटलहरुमा अत्याधिक माग रहेको ‘हस्पिटालिटी ह्युमन रिसोर्स’ उत्पादन गर्ने उद्देश्यका साथ बिर्तामोडमा सञ्चालित द रिजेन्सी हस्पिटालिटीले डीप्लोमा इन होटल म्यानेजमेन्ट (डिएचएम)को कक्षा आजदेखि सञ्चालनमा ल्याएको छ ।

हस्पिटालिटीको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले सञ्चालित सो होटल म्यानेजमेन्ट कलेजले एक वर्षे डीएचएम कक्षा सञ्चालनमा ल्याएको हो । आज एक औपचारिक कार्यक्रमका बीच प्रशिक्षार्थीहरुलाई सो सम्बन्धी जानकारी गराएर कक्षा प्रारम्भ गरिएको हो ।

बिर्तामोड नगरपालिका–५ का वडा सदस्य दुर्गाप्रसाद शिवाकोटीको प्रमुख आतिथ्यमा उद्घाटित सो कार्यक्रममा मन्तब्य राख्दै उनले युवाको बढ्दो विदेश पलायन रोक्न स्वदेशमै टिक्न र बिक्न सक्ने शिक्षा वर्तमानको आवश्यकता रहेको औंल्याएका थिए ।

स्वदेश तथा विदेशमा काम गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिएर काम गरिरहेको द रिजेन्सीको प्रशंसा गर्दै उनले आजबाट सुरुभएको सिप सिकेर क्षमतावान जनशक्ति बन्न प्रशिक्षार्थीलाई सुझाव दिए ।

कार्यक्रममा अतिथि हस्पिटालिटीका सञ्चालक निरज श्रेष्ठले हस्पिटालिटी क्षेत्रमा दक्ष कामदारको माग बढ्दै गएको बताए । उनले छोटो समयमा सीप र दक्षता हासिल गरेर राम्रो काम र दाम पाउन सकिने जानकारी दिए ।

कार्यक्रमको औचित्य प्रकाश पार्दै द रिजेन्सीका संस्थापक तथा कार्यक्रम निर्देशक रोहित ओझाले आफूहरुले यहाँबाट स्तरीय शिक्षा दिने प्रतिबद्धता जनाए । होटल म्यानेजमेन्टको क्षेत्रमा २३ वर्षदेखि कार्यरत उनले भने, ‘म गुणस्तरीय शिक्षा दिने प्रतिबद्धता जनाउँछु, काम गर्दै जाँदा कुनै कमी कमजारी हुन सक्छ, जानकारी गराउनुहोला ।’

होटल व्यवसायी संघ झापाका महासचिव शिव पौडेलले सञ्चालन गरेको कार्यक्रममा केक काटेर डिएचएम कक्षा सञ्चालनको सुरुवात गरिएको थियो ।

करिब दुई करोड रुपैयाँको लगानीमा सञ्चालनमा ल्याइएको सो तालिम केन्द्रमा कुक, बारिष्टा, बेकरी, बेटर, वेट्रेस, सुसी, कुलिनरी आर्ट लगायतको सीप सिकाउने गरिएको छ । १ महिनादेखि एक वर्षसम्मका होटल म्यानेजमेन्ट सम्बन्धी विभिन्न कोर्षको अध्यापन गराइने प्रबन्ध निर्देशक रोहन ओझाले जानकारी दिए ।

सो तालिम केन्द्रमा अध्ययन गरेका विद्यार्थी हाल युरोप, अष्ट्रेलिया, कतार लगायत मुलुकका तारे होटलहरुमा रोजगारी गरिरहेको जनाइएको छ ।

भिडियो पनि ………..

https://fb.watch/telclcLolY/

सम्बन्धित खबर