२०८१ कार्तिक १०, शनिवार , १२:५३:३७ बजे

Sajhamanch
'

१२ क्लब भिड्ने एन्फा यु–१८ युथ लिगको तयारी पूरा

बुधवार, असार २६, २०८१

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा यहि असार ३० देखि हुने ललित स्मृति एन्फा यु–१८ युथ लिगको तयारी पूरा भएको छ ।

एन्फाले बुधवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी दिएको हो । एन्फा प्रवक्ता सुरेश शाहका अनुसार एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा १२ वटा क्लब सहभागी हुनेछन् ।

सहभागी १२ क्लबमा एपीएफ फुटबल क्लब, चर्च व्याइज फुटबल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, एनआरटी, संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब छन् । खेल डबल राउन्ड रोविनका आधारमा हुनेछन् ।

प्रतियोगिताका सबै खेल एन्फा कम्प्लेक्समा खेलाउने तयारी भए पनि आवश्यकताका आधारमा अन्य खेल मैदान पनि प्रयोग गर्न सकिने एन्फाले जनाएको छ । प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ, उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समान १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

सम्बन्धित खबर