२०८१ साउन ६, आइतवार , ०९:२४:२९ बजे

Sajhamanch
'

सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्छ : आरजु राणा

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएका छन् ।

मङ्गलवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद राणाले सरकारले बस्ती बसाउनका लागि सुरक्षित र असुरक्षित स्थानका बारेमा जानकारी दिनुपर्ने बताएका हुन् ।

उनले सरकारले जनको पनि जग्गा किनबेच गर्न दिने गरेको भन्दै सुरक्षित जमिन र असुरक्षित जमिनको बारेमा स्पष्ट पार्नुपर्ने बताए । उनले मानिसहरुले खोला वरिवरि घर बनाउँदा विपद्मा पर्ने गरेको भन्दै खोला वरिपरि कति दूरीसम्म घर बनाउन सकिन्छ भन्नेमा मापदण्ड नै बनाउनुपर्ने बताए ।

उनले भने,‘नेपाल सरकारले कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित हो । कुन ठाउँमा बस्ती बसाउनलाई सुरक्षित होइन भनेर भनिदिनु पर्छ । भूमी सुधार मन्त्रालय छ, तर मन्त्रालयले जहाँको पनि जग्गा किनबेच गर्न दिन्छ । मध्यवर्ति क्षेत्र जीवजन्तुको सुरक्षाको लागि राखेका छौँ । तर मान्छेको सुरक्षाको लागि पनि खोलाको वरिवरि घर बनाउनु हुँदैन । कहाँसम्म बनाउने, कहाँसम्म नबनाउने भन्ने मापदण्ड हाम्रो देशले पनि तयार पारेर दिनुपर्छ ।’

सांसद राणाले हिमतालहरुको सुरक्षाको लागि विशेष योजना बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

सम्बन्धित खबर