२०८१ कार्तिक ८, बिहिवार , ०४:३०:३० बजे

Sajhamanch
'

प्रतिनिधिसभा बैठकमा आज यस्ता कार्यसूची

मङ्गलवार, असार २५, २०८१

काठमाडौं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्दैछ। बैठक बिहान ११ बजे बस्नेगरी बोलाइएको संसद् सचिवालयले जनाएको छ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको पाँचौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।

यस्तै अर्थमन्त्री वर्षमान पुनले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।बैठकमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘जलस्रोत विधेयक, २०८१’ दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ।

सम्बन्धित खबर