२०८१ कार्तिक १, बिहिवार , ०३:०५:४६ बजे

Sajhamanch
'

फस्र्ट माइक्रोफाइनान्सको सहयोग : सरस्वतीलाई कुर्सी, शिवलाई पंखा

शनिवार, असार २२, २०८१

झापा । फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड उर्लाबारी शाखाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत झापाका दुईवटा विद्यालयलाई सामग्री हस्तान्तरण गरेको छ ।

झापाको कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडको समन्वयमा सम्बन्धित विद्यालयहरुमा नै पुगेर शुक्रबार उक्त सामग्री हस्तान्तरण गरिएको हो ।

हल्दिबारी गाउँपालिका वडा नं. २ पाराखोपीमा रहेको श्री सरस्वती आधारभूत विद्यालयलाई प्लाष्टिकका ३० थान कुर्सी र श्री शिव माद्यमिक विद्यालय कचनकवल ७ लाई ६ थान सिलिङ्ग पङ्खा हस्तान्तरण गरिएको हो ।

सहयोग हस्तान्तरण गर्दै कर्णाली साकोसका अध्यक्ष टसबहादुर श्रेष्ठले ग्रामीण भेगका विपन्न बालबालिकाहरुले अध्ययन गर्ने, गाउँपालिकामा सञ्चालित विद्यालयहरुलाई मात्र लक्षित गरी संस्थाले सहयोग गर्ने एवम् समन्वयको काम गर्दै आएको बताए ।

कार्यक्रममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड उर्लाबारी शाखाका प्रमुख विक्रम थपलियाले विद्यालयलाई पंखा र कुर्सी हस्तान्तरण गर्न पाउँदा खुसी लागेको बताए ।

आफूले पनि सामुदायिक विद्यालयमा नै अध्ययन गरेकोले विपन्न समुदायका बालबालिकाको हितमा हुने सरसहयोगले आफ्नो मन हर्षित हुने थपलियाको भनाई छ ।

ती कार्यक्रमहरुमा कर्णाली साकोसका वरिष्ठ प्रबन्धक मनहरि निरौलाले आफ्नो संस्था, यसले गरिरहेको कारोबार एवम् सामाजिक उत्तरदायित्वका विषयमा प्रकाश पारेका थिए ।

सम्बन्धित विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुको अध्यक्षतामा छुट्टाछुट्टै आयोजित संक्षिप्त कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, अभिभावक, शिक्षक, विद्यार्थीहरु सहभागी थिए ।

सम्बन्धित खबर