२०८२ असोज २, बिहिवार , ०८:१८:१५ बजे

Sajhamanch
'

प्रधानमन्त्री दाहाललाई भोलिसम्ममा मार्गप्रसस्त गर्न एमालेको आग्रह

मङ्गलवार, असार १८, २०८१

काठमाडौँ । नेकपा (एमाले)ले नयाँ सरकार निर्माणका लागि भोलि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज मंगलबार बसेको सचिवालय बैठकले एमाले र नेपाली कांग्रेसबीच भएको सहमतिअनुरुप संविधानको धारा ७६ (२)को व्यवस्था बमोजिम सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय गरेको सचिव योगेश भट्टराईले जानकारी दिएका हुन् ।

यस्तै बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन हुने राष्ट्रिय सहमतिको सरकारमा सहभागी भई राजनीतिक स्थायित्वमा योगदान गर्न संसद्‌मा रहेका सबै दलहरुलाई आह्वान गर्ने निर्णयसमेत गरेको सचिव भट्टराईले जनाएका छन् ।