२०८१ पौष २६, शुक्रवार , ११:३५:०७ बजे

Sajhamanch
'

शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन सकेका छैनौं : सभामुख घिमिरे

शुक्रवार, असार १४, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले अझै पनि नेपालमा शिक्षा व्यावहारिक हुन नसकेको बताएका छन् ।

शुक्रवार मदन भण्डारी मेमोरियल कलेजको २३ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभामुख घिमिरेले भने, ‘अहिले पनि हामीले शिक्षालाई सर्वसुलभ बनाउन सकेका छैनौं, शिक्षा व्यावहारिक हुन सकिरहेको छैन ।’

शिक्षालाई सर्वसुलभ र व्यावहारिक बनाउन नसकेको भन्दै यसलाई सबैको पहुँचमा पुर्याउनुपर्ने उनले बताए । शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै शिक्षालाई दर्शन सिक्ने ठाउँको रुपमा विकास गर्नुपर्ने घिमिरेको भनाई थियो ।

सम्बन्धित खबर