२०८१ साउन ११, शुक्रवार , ०४:३२:३५ बजे

Sajhamanch
'

आफू एलियन भएको एलन मस्कको दाबी, छिट्टै प्रमाण पेस गर्ने

शुक्रवार, जेठ २५, २०८१

सोसल मिडिया प्लाटफर्म एक्स तथा टेस्ला र स्पेस एक्स लगायतका कम्पनीका मालिक एलन मस्क प्रायः आफ्ना भनाइ तथा धारणाहरूका कारण चर्चामा रहन्छन् ।यसपटक पुनः चर्चामै रहने क्रममा मस्कले आफूलाई दोस्रो ग्रहको प्राणी अर्थात् एलियन बताएका छन् ।मस्कले एउटा अन्तरवार्ताका क्रममा आफू एलियन भएको दाबी गरेका हुन् । त्यतिमात्र होइन उनले आफू एलियन भएको सबूत प्रमाण पनि छिटै नै पेस गर्ने बताए ।

अन्तरवार्ताकारले मस्कसँग सोधेका थिए-कतिपय मानिसहरुलाई लाग्छ कि तपाईं मानिस होइन, एलियन हो ।त्यसको जवाफमा मस्कले आफू एउटा एलियन भएको र मानिसहरुलाई सोही कुरा भन्ने गरेको भएता पनि आफूमाथि कसैले पनि विश्वास नगर्ने बताएका छन् ।एलन मस्कले यसपटक आफूलाई केवल एलियन मात्र भनेनन् सोसल मिडियामा त्यसको सबूत पनि दिने कुरा गरेका छन् । यद्यपि त्यस्तो प्रमाण उनले कहिले पेस गर्छन् रु भन्ने चाहिं खुलाएका छैनन् । त्यसैले कतिपयले त्यो केवल ठट्टा मात्र भएको पनि आशंका गरेका छन् ।

त्यतिमात्र होइन एलन मस्कले मानिस तथा आर्टिफिसियल इन्टेलिजेन्सका बरोमा पनि केही विचार व्यक्त गरेका छन् । मानिसले नै एआईलाई अर्थ र उद्देश्य प्रदान गर्ने उनको भनाइ छ ।यसलाई विस्तृतमा बताउनका लागि उनले हाम्रो मस्तिष्कको तुलना एआईको काम गर्ने तरिकासँग गरेका छन् ।

एलन मस्कले मस्तिष्कको बारेमा बुझाउँदै हाम्रो मस्तिष्कमा मुख्य दुईवटा भाग हुने बताउँछन् । त्यसमा एउटा Limbic System हुने र त्यसले हाम्रो ज्ञान तथा भावनाहरुलाई नियन्त्रण गर्ने उनको भनाइ छ ।

त्यस्तै मस्तिष्कको दोस्रो भाग  cortex  हो, जसले विचार र योजनालाई नियन्त्रण गर्दछ। Cortex ले सदैव नै Limbic  लाई खुसी राख्ने कोसिस गर्दछ । उनका अनुसार एआई पनि झण्डै यस्तै हुन्छ ।एजेन्सी

सम्बन्धित खबर