२०८१ साउन १२, शनिवार , ११:२१:३६ बजे

Sajhamanch
'

एन्फाले छनोट गरेका तीन खेलाडीलाई केएफटिसीले गर्यो विदाइ

मङ्गलवार, जेठ १५, २०८१

मेचीनगर । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर (केएफटिसी) ले नेपाल फुटबल संघ (एन्फा) मा छनोट भएका अन्डर–१३ मा परेका तीनजना खेलाडीलाई सम्मान गर्दै विदाइ गरेको छ ।

काँकरभिट्टा फुटलब ट्रेनिङ सेन्टरमा आबद्ध अंश गुप्ता, आभाष तामाङ र क्रिस्टेन बुढाथोकीलाई काँकरभिट्टा खेल मैदानमा कार्यक्रम आयोजना गरेर विदाइ गरिएको हो ।

ट्रेनिङ सेन्टरका अध्यक्ष मीनकुमार बस्नेतको अध्यक्षता र जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतको प्रमुख आतिथ्यता सो कार्यक्रम भएको थियो ।

सो अवसरमा काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष तथा ट्रेनिङ सेन्टरका सल्लाहकार गंगालाल गुरुङले खेलाडीलाई उज्ज्वल भविष्यको कामनासहित शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा नाइट चेस क्लबका प्रथम उपाध्यक्ष राजु पौडेल, नगर खेलकुद विकास समिति मेचीनगरका सदस्य मानबहादुर तामाङ, काँकरभिट्टा भेट्रान फुटबल क्लबका उपाध्यक्ष विक्रम राई, प्रशिक्षक दिपक कार्की, समाजसेवी सुवास रम्तेल लगायतको आतिथ्यता थियो ।

सेन्टरका उपाध्यक्ष नवराज ओलीले शाब्दिक स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन महासचिव लाक्पा तामाङले गरेका थिए । (एन्फा) ले आयोजना गरेको अन्डर–१३ फुटबल छनोटमा मेचीनगरका ६ जनासहित झापाबाट १५ जना खेलाडी छनोट भएका छन् ।

स्थानीयस्तरबाटै उत्कृष्ट प्रशिक्षण दिँदै आएको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले विभिन्न प्रतियोगितामा समेत भाग लिँदै आएको छ ।