२०८१ साउन १२, शनिवार , ०८:३१:३७ बजे

Sajhamanch
'

अमेरिकामा घुम्रपातले २१ जनाको ज्यान लियो, ४२ जना घाइते

मङ्गलवार, जेठ १५, २०८१

टेक्सस । अमेरिकाको टेक्सस, ओक्लाहोमा र अर्कान्सास राज्यमा आइतवार आएको घुम्रपातमा परेर २१ जनाको मृत्यु भएको छ भने ४२ जना बढी घाइते भएका छन् ।

अमेरिकी सञ्चार गृह सीएनएनका अनुसार घुम्रपात, असिना र आँधीको चपेटामा करीब १० करोड मानिस परेका छन् । घुम्रपातका कारण यी तीन राज्यमा कयौं भवनहरू क्षतिग्रस्त भएका छन् । ग्यास लाइन, र एक इन्धन स्टेशन पनि नष्ट भएको बताइएको छ ।

उद्धार टोली घटनास्थलमा पठाइएको बताइएको छ । इलिनोइस, केन्टकी, मिसौरी र टेनेसी शहरमा सबैभन्दा बढी क्षति पुगेको छ । त्यहाँ झन्डै बेसबल आकारको असिना झरेको थियो ।

अर्कान्सासमा आपत्काल घोषणा

टेक्सासमा घुम्रपातका कारण ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ बालबालिका पनि छन् । जसमध्ये एकजना २ वर्ष र अर्का बालक ५ वर्षका थिए ।

अर्कान्सासमा ८ जनाको मृत्यु भएको छ । अर्कान्सासका गभर्नर साराह हकाबी स्यान्डर्सले आपत्कालको घोषणा गरेकी छन् । केन्टकीमा एक व्यक्तिको मृत्यु भएको छ ।

सम्बन्धित खबर