२०८१ साउन ११, शुक्रवार , ०३:५३:०१ बजे

Sajhamanch
'

इलाम जिल्ला लिगः देउराली र रेडहर्सको जीत

सोमवार, जेठ १४, २०८१

इलाम । एन्फा इलाम जिल्ला लिगमा देउराली स्पोर्टिङ क्लब र रेडहर्स फुटबल क्ल्बले जीत निकालेका छन् ।

ठूलो टुंडिखेलमा भएको प्रतियोगिताको उद्घाटन खेलमा देउरालीले हेल्लो जस्बिरे क्लबमाथि ३–१ गोल अन्तरको जीत निकालेको हो । देउरालीको जीतमा विनोद धमलाले २ र सुमन धमलाले १ गोल गरे ।

जस्बिरेका मन मगरले १ गोल फर्काए । सुमनले २४ औं मिनेटमा अग्रता दिलाए । दोस्रो हाफको ६ र २६ मिनेटमा विनोदले गोल गरे । मनले दोस्रो हाफको अन्तिम मिनेटमा सान्त्वना गोल गरे । जीतसँगै देउरालीले ३ अंक बटुलेको छ ।

दोस्रो खेलमा रेडहर्सले क्लब ओएसिसलाई ४–२ गोल अन्तरले पराजित गरेको छ । सुरुवाती अग्रता जोगाउन नसक्दा ओएसिसले ३ अंक जोगाउन सकेन्न । खेलको ७ औं मिनेटमा निग्मा गुरुङले ओएसिसलाई सुरुवाती अग्रता दिलाए ।

१३ औं मिनेटमा पाल्देन तामाङले खेल बराबरीमा ल्याए । पेनाल्टी मार्फत गोल गर्दै उनले खेल बराबरीमा ल्याएका हुन् । २३ औं मिनेटमा साङगे शेर्पाले रेडहर्सलाई अग्रता दिलाए । २७ औं मिनेटमा सांगेले व्यक्तिगत दोस्रो गोल गरे ।

२९ औं मिनेटमा दिपेश राईले गोल गर्दै खेल ४–१ को अवस्थमा पुर्याए । निग्माले दोस्रो हाफको १८ औं मिनेटमा व्यक्तिगत गोल गरेपनि जीतका लागि पर्याप्त भएन । प्रतियोगिता अन्तर्गत मंगलवार माईभ्याली फुटबल क्लब र हेलिबोध एफसी भिड्नेछन् ।

सोमवार, जेठ १४, २०८१ | खेलकुद