२०८१ साउन १२, शनिवार , ०४:०६:०८ बजे

Sajhamanch
'

सहकाली देवीथान मन्दिर बनाउन स्वेच्छिक आर्थिक सहयोग जुट्दै

आइतवार, जेठ १३, २०८१

झापा । खोटाङको हलेसी–तुवाचुङ नगरपालिका–१० स्थित बिजुले फेदीमा स्थापना गरिएको सहकाली देवीथानको मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुट्न थालेको छ ।

खोटाङ–हलेसी पुरी बन्धु समाज काठमाडौंसहित उक्त संस्थामा आबद्ध पुरी बन्धुहरुले मन्दिरको भौतिक संरचना निर्माणका लागि आर्थिक सहयोग गरेका हुन् ।

समाजले सहकाली देवीथानमै पुगेर गत जेठ १० गते समाजका तर्फबाट ३० हजार ५५ रुपैयाँ र समाजमा आबद्ध बन्धुहरुले करीब १ लाख ३४ हजार रुपैयाँ गरी कूल १ लाख ६४ हजार ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

त्यस्तै, हलेसी–तुवाचुङ नगरपालिका–१० का वडाध्यक्ष अर्जुन पुरीको पहलमा वडाले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । समाजमा आबद्ध पुरी बन्धुहरुले व्यक्तिगत रुपमा घण्टी र आर्थिक सहयोग गरेका संस्थाका सचिव कृष्णप्रसाद पुरीले जानकारी दिए ।

सहकाली देवीथानमै पुगेर पूजा आराधनापछि संक्षिप्त कार्यक्रम गरेर मन्दिर बनाउन आर्थिक सहयोग गरिएको बताइएको छ । समाजका अध्यक्ष सरोज पुरी (भीम) को अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि हलेसी–तुवाचुङ नगरपालिका–१० का वडाध्यक्ष अर्जुन पुरी थिए ।

सो अवसरमा प्रमुख अतिथि तथा वडाध्यक्ष अर्जुन पुरी, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाश पुरी, पुजारी सारद पुरी, सहायक पुजारी विनोद पुरी लगायतले खोटाङ–हलेसी पुरी बन्धु समाजसँगै समाजमा आबद्धको आर्थिक सहयोगले मन्दिर बन्ने भन्दै धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रमको सञ्चालन समाजका सचिव कृष्णप्रसाद पुरीले गरेका थिए । सहकाली देवीथानको स्थापना २०४६ सालमा स्व. चन्द्रबहादुर पुरीले गरेका थिए ।

समाजका अध्यक्ष सरोज पुरी (भीम) ले मन्दिरका लागि व्यक्तिगत रुपमा करीब १० हजार रुपैयाँ बराबरको घण्टी प्रदान गरेका छन् । त्यस्तै, अन्य पुरी बन्धुहरुले पनि मन्दिरका लागि गच्छेअनुसारको आर्थिक सहयोग गरेका छन् ।

आइतवार, जेठ १३, २०८१ | समाज, सासंक

सम्बन्धित खबर