२०८१ साउन १२, शनिवार , ०४:५४:३३ बजे

Sajhamanch
'

कालिकापीठ कालीस्थानको पूर्वी प्रवेशद्वारको गेट उद्घाटन

शनिवार, जेठ १२, २०८१

अर्जुनधारा । अर्जुनधारा नगरपालिका–९ स्थित कालिकापीठ कालीस्थानको पूर्वी प्रवेशद्वारमा निर्माण गरिएको गेट उद्घाटन गरिएको छ ।

भारत सिलिगुडीका काजल सरकार र उनकी श्रीमती मुनमुन सरकारले पराम्बा भगवतीको मूर्ति र भगवतीको बाहन सिंहको प्रतीमासहितको गेट निर्माण गरेका हुन् ।

भर्खरै निर्माण पूरा भएको गेटको अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले रिवन काटेर उद्घाटन गरेका हुन् ।

कालिकापीठ कालीस्थानका अध्यक्ष ज्योतिषाचार्य लक्ष्मीप्रसाद पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा कालिका संस्कृत विद्यापीठका प्राचार्य आचार्य रघुनाथ रिजाल लगायतले मन्तव्य राख्दै दानवीर व्यक्तित्वलाई धन्यवाद ज्ञापनसहित आभार व्यक्त गरेका थिए ।

दानवीर दाता काजल र मुनमुन सरकारलाई सम्मान गरिएको सो कार्यक्रमको सञ्चालन इन्दू पूर्वेलीले गरेकी थिइन् ।

कालिकापीठका उपाध्यक्ष कर्णबहादुर तामाङले कालीस्थानको ऐतिहासिक विवरण प्रस्तुत गर्दै स्वागत गरेको कार्यक्रममा सचिव भोलानाथ पोखरेलले सम्मानपत्र वाचन गरेका थिए ।

काजल सरकारको परिवारले यसअघि कालिकापीठ परिसरमा रहेको अक्षय वृक्षमुनि घेराबारा गरी नवद्वार निर्माण गरिदिएका थिए ।

सम्बन्धित खबर