
रुसको राजधानी मस्को नजिकैको एक गाउँमा आप्रवासी बस्ने एक अवैध छात्रावासमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु भएको छ।रुसी राजधानीको उत्तरपश्चिममा रहेको इस्ट्रिन्स्की जिल्लामा बिहीबार दुईतले आवासीय भवनमा बिहान करिब चार बजे आगो लागेको हो। गाउँको छेउमा रहेको उक्त भवनबाट दुई जनाको उद्धार गरिएको तर आठ जनाको शव फेला परेको उद्धारकर्मीले बताए।
‘अनुसन्धानकर्मीका अनुसार एक २३ वर्षीय व्यक्तिले उक्त घर भाडामा लिएका थिए, घरलाई पछि रुसमा दर्ता नगरिएका विदेशी नागरिकलाई भाडामा दिइएको थियो’, अभियोजकहरूले भनेका छन् ।अग्निनियन्त्रकहरूले भित्ताका केही भाग भत्किएको भवनमा धुवाँ उडिरहेको भग्नावशेषलाई अवलोकन गरिरहेको भिडियोमा देखाइएको छ।अवैध आप्रवासनलाई रोक्ने आधिकारिक प्रयासका बाबजुद कानूनी हैसियतबिना हजारौँ विदेशी रुसमा बस्ने गरेको बताइन्छ। एजेन्सी