२०८१ साउन १२, शनिवार , ०५:५८:५० बजे

Sajhamanch
'

कनकाई नगरपालिकामा सुरुङ्गा प्रेस क्लवको ध्यानाकर्षण

बुधवार, जेठ २, २०८१

कनकाई । नगर क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था सुरुङ्गा प्रेस क्लवको प्रस्तावलाई कार्यान्वयन नगर्ने कनकाई नगरपालिकाले नेपाल पत्रकार महासंघ झापा शाखालाई पाँच लाख रुपैयाँ प्रदान गरेको विषयलाई लिएर सुरुङ्गा प्रेस क्लवले नगरपालिकाको ध्यानाकर्षण गरेको छ ।

यही जेठ ५ गते पत्रकार महासंघले आयोजना गरेको मिडिया सम्मेलनका लागि नगरपालिकाले मोटो रकम उपलव्ध गराउने निर्णय गरेको छ । कनकाईबासीले तिरेको करको रकम मिडिया सम्मेलनका नाममा खर्च गर्ने गरी कनकाई नगरपालिकाबाट रकम बिनियोजन हुनु नगरका सञ्चार माध्यम सञ्चालकका लागि ठूलो अन्याय भएको प्रेस क्लवको ठहर छ ।

यसप्रति कनकाई नगरपालिकाको गम्भिर ध्यानाकर्षण गराउँदै आगामी दिनमा बजेट बिनियोजन गर्दा स्थानीय स्तरमा क्रियाशील जिम्मेवार संस्थाहरुलाई विशेष प्राथमिकता दिँदै अघि बढ्न सुरुङ्गा प्रेस क्लवका तर्फबाट अपिल पनि गरिएको छ ।

प्रेस क्लवको संस्थागत विकास साथै संचारकर्मीहरुको क्षमता अभिवृद्धिका लागि नगरपालिकामा हरेक वर्ष कार्ययोजनासहितको प्रस्ताव पेश गरिएको भए पनि नगरपालिकाले संस्थागत रुपमा कुनै पनि सम्बोधन नगरेको भन्दै क्लवका तर्फबाट नगरपालिकाको कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।

नगरप्रमुख राजेन्द्रकुमार पोखरेलको अनुपस्थिति रहेका कारण प्रमुख प्रशासकीय अधिकृत जमुना कटुवाल र सुचना प्रविधि अधिकृत खगेन्द्र मिश्रलाई क्लवका तर्फबाट अध्यक्ष रामप्रसाद निरौला र सचिव मनोज बस्नेतद्वारा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्र बुझाइएको हो ।

क्लवमा आवद्ध पत्रकारहरुबाट स्थानीय सरकारले गरेको गतिविधिलाई स्थानीय तथा राष्ट्रिय स्तरका विभिन्न सञ्चार माध्यमबाट प्रकाशन तथा प्रसारण गरी नगरको विकासमा सधैं रचनात्मक भूमिका खेल्दै आएपनि नगरपालिकाको तर्फबाट संस्थागत रुपमा कुनैपनि सहकार्य नभएको अपीलमा उल्लेख छ ।

सुरुङ्गा प्रेस क्लवको नाममा बजेट बिनियोजन नहुनु, स्थानीय सञ्चारकर्मीहरुलाई कुनै पनि सूचनामूलक सामाग्रीहरु उपलब्ध नगराउनु तर नगर बाहिरका अन्य पत्रकारजन्य संघ संस्थालाई भने कार्यक्रम संचालनका लागि मोटो रकम सहयोग गरेको प्रति क्लवको गम्भिर ध्यानाकर्षण भएको पत्रमा जनाइएको छ ।

सम्बन्धित खबर