२०८१ साउन १२, शनिवार , ११:१३:०१ बजे

Sajhamanch
'

कश्मिरमा बन्धक बनाइएका ३६ नेपालीको उद्धार, दुईजना पक्राउ

बुधवार, जेठ २, २०८१

काठमाडौं । भारतको कश्मिर पुर्‍याएर बन्धक बनाइएका ३६ नेपालीको उद्धार गरिएको छ । सर्लाही, महोत्तरी र धनुषाका विभिन्न गाउँबाट मजदुरीका लागि कश्मिर पुगेका उनीहरूलाई उद्धार गरी नेपाल फर्काउने काम भइरहेको हो ।

नेपालबाट मजदुरीका लागि भन्दै राम्रो पारिश्रमिक दिने प्रलोभनमा कश्मिर पुर्‍याइ बन्धक बनाइएका उनीहरूलाई उद्धार गरिएको हो । कश्मिर लगेपछि उनीहरूसँग भएको नगद, नागरिकता र मोबाइल खोसेर ठेकेदारले पारिश्रमिक समेत नदिइ कुटपिट गरेको डर, धम्की देखाएर काममा लगाएको पीडितहरूको गुनासो छ ।मंगलबार दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा सबै मजदुरलाई कश्मिरबाट उद्धार गरी दिल्ली लगिएको थियो ।

उद्धार गरिएका सर्लाहीका दिनेश पासवानले काम गर्नका लागि भनेर लगिएको तर गएको दिन नै कुटपिट गरी मोबाइल, नगद सबै खोसेर काममा लगाउने गरेको बताए । उनले खाना पनि राम्रोसँग खान नदिने गरेको बताए ।झन्डै तीन महिना बन्धक बनाएपछि दिल्लीस्थित नेपाली दूतावास, जम्मूकश्मिर पुली, क्राइम ब्रान्च, सीआरपीएफको सहयोगमा उनीहरूलाई उद्धार गरी दिल्ली पुर्‍याइएको हो । घटनामा आबद्ध दुईजनालाई पक्राउ गरिएको छ ।

सम्बन्धित खबर