२०८१ साउन ११, शुक्रवार , ०१:१५:०६ बजे

Sajhamanch
'

बालविकास शिक्षा सुधार माग गर्दै माइतीघरमा समाजवादी विद्यार्थी युनियनको प्रदर्शन

बुधवार, जेठ २, २०८१

काठमाडौँ । नेपाल समाजवादी विद्यार्थी युनियनले प्रारम्भिक बालविकास शिक्षा सुधारको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।

‘शैक्षिक अवसर सबैलाई बराबर’ नारासहित युनियनका केन्द्रीय अध्यक्ष नेत्र चापागाईं आज बिहान १० देखि बेलुकी ५ बजेसम्म निरन्तर उभिने युनियनले जनाएको छ।

अध्यक्ष चापागाईंसहित प्रदर्शनमा उत्रिएका नेसवियुका नेताहरूले ‘गुणस्तरीय शिक्षाको आधार, ईसीडी शिक्षामा सुधार’, ‘शैक्षिक अवसर सबैलाई बराबर’ नारा लगाएका छन्।

साथै उनीहरूले बालविकास शिक्षा सुधार, बालविकास केन्द्रमा कार्यरत सहजकर्ताहरूको पेसागत सेवासुविधा, कम्तिमा स्नातक योग्यता कायम गरी योग्यतानुसारको तलब, सुविधा र बालमनोविज्ञान, केयर गिभर, मन्टेश्वरीसम्बन्धी तालिमको व्यवस्था गर्न माग गरेका छन्।

सम्बन्धित खबर