२०८१ साउन ११, शुक्रवार , ०१:३२:०५ बजे

Sajhamanch
'

पोखरामा हरित रोजगारीका लागि कोरियाले ९८ लाख डलर दिने

बुधवार, जेठ २, २०८१

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका लागि ९८ लाख अमेरिकी डलर दिने भएको छ । यो सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले हस्ताक्षर गर्नुभयो ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) मार्फत् हरित रोजगारीको रकम पोखरा महानगरलाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गर्ने लक्ष्य छ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडिपी) मार्फत् सञ्चालन हुनेछ ।

अर्थ मन्त्रालयमा भएको कार्यक्रममा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त हुँदै आएको बताउनुभयो । राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको तथा आपसी सहयोग विस्तारमा कोरियाले जोड दिइएको पनि बताउनुभयो ।

सम्बन्धित खबर