२०८१ पौष २६, शुक्रवार , १२:१०:५३ बजे

Sajhamanch
'

अफगानिस्तानमा बाढीले कम्तीमा ३०० जनाको मृत्यु

आइतवार, वैशाख ३०, २०८१

अफगानिस्तानको उत्तरी प्रान्त बघलानमा बाढीबाट ३०० भन्दा बढीको मृत्यु भएको भएको छ।विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) का सञ्चार अधिकारी राणा डेराजले बघलान प्रान्तमा ३११ जनाको मृत्यु भएको जानकारी दिए। दुई हजार ११ घर पूर्णरूपमा नष्ट भएको र दुई हजार ८०० घर क्षतिग्रस्त भएको जनाएका छन्।

शुक्रबारको वर्षाले उत्तरपूर्वी बदख्सान प्रान्त, मध्य घोर प्रान्त र पश्चिमी हेरातमा पनि ठूलो क्षति पुर्‍याएको अधिकारीहरूले बताए । रक्षा मन्त्रालयका अनुसार आपत्कालीन कर्मचारीहरू घाइते र फसेका मानिसहरूलाई बचाउन हतारिएका छन् ।मानवीय हताहतका अतिरिक्त, बाढीले ठूलो आर्थिक क्षति पनि पुर्‍याएको छ। उत्तरी तखर प्रान्तको प्राकृतिक प्रकोप व्यवस्थापन विभागका प्रमुख अहमद सेयर साजिदले बाढीमा २० जनाको मृत्यु भएको अनुमान गरेका छन्।

रक्षा मन्त्रालयले धेरै शाखाहरूलाई सबै उपलब्ध स्रोतहरूका साथ यस घटनाबाट पीडितहरूलाई कुनै पनि प्रकारको सहायता प्रदान गर्न आदेश दिएको छ।वायु सेनाले शनिबार मौसम सफा भएपछि निकासी अभियान शुरु गरेको र सयभन्दा बढी घाइतेलाई अस्पतालमा सारिएको बताएको छ।

बाढी प्रभावित क्षेत्रहरूमा आपतकालीन अवस्था घोषणा गरेर राष्ट्रिय रक्षा मन्त्रालयले प्रभावित मानिसलाई खाना, औषधि र प्राथमिक उपचार वितरण गर्न थालेको छ।

सम्बन्धित खबर