२०८१ पौष २७, शनिवार , १०:५२:५४ बजे

Sajhamanch
'

भद्रपुरमा नारी सञ्चार गृह झापा : लागू औषध विरुद्ध सचेतना

शुक्रवार, वैशाख २८, २०८१

भद्रपुर । भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले लागू ओैषध दुव्र्यसन नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्ने प्रतिवद्वता जनाएका छन् ।

भद्रपुर नगरपालिकाको सहयोगमा नारी सञ्चार गृह झापाले आयोजना गरेको लागू औषध दुव्र्यसन तथा ओसारपसार नियन्त्रणमा हाम्रो भूमिका विषयक दुई दिवसीय कार्यशाला गोष्ठीको समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नगरप्रमुख पोखरेलले लागू ओैषध नियन्त्रण चुनौति बन्दै गएको बताउँदै गोष्ठीबाट प्राप्त सुझावलाई आधार मानेर सबै वडाका जनप्रतिनिधिहरू बीच छलफल गरी नियन्त्रणका लागि रणनीति बनाएर अघि बढ्ने प्रतिवद्वता पनि जनाएका छन् । खुल्ला सिमानाका कारण भद्रपुर नगरपालिका लागू ओैषधको प्रत्यक्ष प्रभावमा रहेको बताउँदै नियन्त्रणका लागि ठोस कदम चाल्नुपर्ने कुरालाई नगरपालिकाले गम्भीर रूपमा लिएको उनको भनाई छ ।

लागू औषध दुव्र्यसन र ओसार पसारका दृष्टिले यसका विरुद्ध काम गर्ने सुरक्षा संयन्त्रदेखि देशकै ध्यान झापामा केन्द्रित हुने गरेको दावी गर्दै नगरप्रमुख पोखरेलले वडादेखि टोलसम्म पुग्ने किमिसले योजना बनाइने बताए ।

सो अवसरमा सहभागीका तर्फबाट दुर्गा निरौला, बुद्धिसागर आचार्य, इन्द्रप्रसाद ओली, सरोज कोइराला लगायतले लागू ओैषध तथा दुव्र्यसनको स्थिति भयावह बनेको भन्दै तत्काल टोलदेखि वडासम्मै, विद्यालयदेखि युवा, विद्यार्थी सबैलाई लक्षित कार्यक्रम ल्याउनु पर्ने आवश्यकता औंल्याएका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला, सामाजिक विकास शाखा प्रमुख जीवनकला राउत लगायतले मन्तव्य राखेको सो तालिम समापन कार्यक्रममा नारी सञ्चार गृहका पूर्व अध्यक्ष अम्बिका भण्डारीले संस्थाले गर्दै आएका काम तथा उठाउँदै आएका सार्वजनिक महत्वका विषय र रिपोर्टिङका क्रममा पाइएका लागू ओैषधले समाजमा पारेको असरबारे प्रकाश पारेकी थिइन् ।

नारी सञ्चार गृह झापाका अध्यक्ष रेजिना गौतमको अध्यक्षतामा सम्पन्न गोष्ठीमा कार्यक्रम संयोजक तथा सहसचिव जोस्ना श्रेष्ठले सञ्चालन गरेकी थिइन् ।

सो कार्यशादा गोष्ठीमा इलाका प्रहरी कार्यालय हल्दिबारीका इन्चार्ज प्रहरी सहायक निरीक्षक ओमराज पौडेल, पुनर्जन्म समूह नेपालका राजु गिरी, नारी सञ्चार गृह झापाका संस्थापक अध्यक्ष सावित्रा दाहाल र भीमा शिवाकोटीले सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर